दफा ९
कृटनीतिक सुविधा, महसुल सुविधा र भन्सार महसुल छुट
(१) नेपाल सरकार पक्ष भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौता बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिनुपर्ने निकाय, पदाधिकारी वा व्यक्तिलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा तोकिए बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिइनेछ ।
(२) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको व्यक्ति वा निकायले पैठारी गर्ने सोही सूचनामा तोकिए बमोजिमका मालवस्तुमा कूटनीतिक सुविधा वा महसुल सुविधा दिन सक्नेछ ।
(३) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट दिन सक्नेछ ।
(४) वैदेशिक क्रुण वा अनुदान सहयोगमा सञ्चालन गरिने आयोजनाको लागि त्यस्ता आयोजना वा त्यस्तो आयोजनाको ठेकेदारका नाममा पैठारी हुने मालवस्तुमा नेपाल सरकारले पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट दिन सक्नेछ ।
(५) अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा उपयोग गर्ने इन्धन, हवाइजहाजको इन्जिन, पार्टपुर्जा, यन्त्र उपकरण, उडानमा खपत हुने खाद्य सामग्री, मदिरा, बियर एवं हल्का पेय पदार्थमा नेपाल सरकारले पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट दिन सक्नेछ ।
(६) नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुनः नेपालभित्र ल्याइने मालवस्तुको सम्बन्धमा महसुल सुविधा दिने व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(७) विदेशबाट नेपालको बाटो गरी पुनः विदेश पठाइने मालवस्तुमा महसुल सुविधा दिने व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(८) नेपाल सरकारले राहत - सामग्रीको पैठारीमा लाग्ने सम्पूर्ण महसुल छुट दिन सक्नेछ । यसरी महसुल छुट दिँदा महसुल छुट दिइएका मालवस्तुको विवरण र छुट पाउने अवधि समेत खुलाउनु पर्नेछ ।